गण्डकीमा थपिए १७ कोरोना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २४, २०७७ शनिबार
गण्डकी प्रदेशमा शनिबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका तीन, नवलपरासीका तीन र बागलुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा...