कोशी अस्पतालका २७ काे बिदाइ, भुल्के सङ्क्रमण करिब निस्तेज
गोरखापत्र अनलाइन ,
जेष्ठ २२, २०७७ बिहीबार
कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ ।
गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो ।
विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका ५७ वर्षीय कासिम मियाँले ४८ दिनपछि कोरोना भाइरसलाई परास्त...