कोरोना सङ्क्रमित धनगढीका अर्काे युवक डिस्चार्ज, निकाे हुने संख्या पाँच
गोरखापत्र अनलाइन ,
बैशाख ९, २०७७ मंगलवार
कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किनु भएको छ । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि घर अाज फर्किनु भएको हो । उहाँले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्षढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।