मुसामा सफल परीक्षण, छिट्टै मानिसमा गरिने
गोरखापत्र अनलाइन ,
चैत्र २२, २०७६ शनिबार
पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता उत्पादन गरेको देखिएको छ ।