बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण
रासस
माघ १३, २०७६ सोमबार
बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन सकेको छैन ।
बाँकेमा विभिन्न ठाउँबाट मानिसहरु स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका विरामीहरु बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताउनुभयो ।