कामनपाको सहयोगमा सैनिक अस्पतालमा सर्वसाधारणलाई हेमोडाइलासिस सेवा
गोरखापत्र अनलाइन ,
माघ ७, २०७६ मंगलवार
काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता भएको एक महिना पछि सेवा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मङ्गलबार श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा वडा नम्बर १५ निवासी ६२ वर्षिया चन्द्रादेवी महर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको शुभारम्भ गर्नुभयो ।