चीनबाट नेपालीलाई फिर्ता ल्याउन कम्तिमा दुई दिन लाग्ने
गोरखापत्र अनलाइन ,
माघ २०, २०७६ सोमबार
चीनको हुवइ प्रान्तमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन कम्त्तिमा पनि बुधबारसम्म लाग्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले सम्र्पूण तयारी पूरा गरेपनि छिटै ल्याउँदा बुधबारसम्म ल्याउन सकिने जानकारी दिनुभयो ।