जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्मेलन : समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै
गोरखापत्र अनलाइन ,
माघ १८, २०७६ शनिबार
समाजमा नसोचेका घटना घटिरहेका छन् । नजिकका आफन्तबाट किशोरी सुरक्षित छैनन् । परिवारभित्रै हत्या–हिंसाका घटना भइरहेका छन् । आत्महत्याको दर बढ्दो छ । पारिवारिक बेमेलदेखि समाजविरोधी क्रियाकलाप बढिरहेको छ । समाजमा मनोसामाजिक अवस्था खस्कँदा यस्ता समस्या बढ्छन् । मनोविद् समाजमा मानसिक सुस्वास्थ्य कमजोर भएकै कारणले यस्ता नसोचेका घटना भइरहेको बताउँछन् । विश्वव्यापी समस्या नेपालमा पनि देखिएको छ ।