बाँकेमा हात्तीपाइले विरुद्धको अभियान, १२ औं पटक औषधि खुवाईंदै
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७८ मंगलवार
छ वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाएपछि निवारण हुनुपर्नेमा बाँकेमा ११ पटक औषधि खुवाए पनि हात्तीपाइले विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । ११ वर्षमा ११ पटक औषधी खुवाउने अभियान चलाइए पनि प्रभावकारी नभएपछि हाल आएर १२ औं पटक औषधी खुवाईंदैछ ।