विद्यालयको खाजाले विद्यार्थी विद्यालयमा टिक्न थाले
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
काठेखोला गाउँपालिका –३ धम्जा माझकटेराको निर्मल प्रा.वि.मा विगत तीन वर्षअघि १२ जना विद्यार्थी थिए । विद्यार्थी सङ्ख्या घटेपछि विद्यालय पायक पर्ने अर्काे विद्यालयसँग गाभिनु पर्ने बाध्यता आयो । भुगोलको दृष्टिले विद्यालय मर्ज गर्न कठिन परेको परिस्थितिमा विद्यालयले विद्यार्थी आकर्षण गर्ने नयाँ योजना बनाएर विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउन थाल्यो ।