प्रदेश सरकार नै संघीयताको पहिलो आधार : प्रदेश प्रमुख गुरुङ
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
गण्डक्री प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार नै संघियताको पहिलो आधार भएको वताउनुभएको छ । गण्डक्री प्रदेश सरकार स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । संघीयताको संस्थागत बिकासका लागि प्रदेश स्थानिय तहको जग बलियो हुनुपर्ने उहाँको भनाई छ ।