न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : महामन्त्री थापा
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७८ सोमबार
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणलाई महाअभियोग प्रस्ताव आवश्यक भएर नै संसदमा दर्ता गरेको बताउनुभएको छ । काँग्रेस पार्टी कार्यालय बनेपामा कार्यकर्ता भेटघाट कार्यक्रममा सोमबार बोल्नुहुँदै महामन्त्री थापाले न्यायलयमा देखिएको गतिरोध अन्त्यका लागि महाअभियोग दर्ता गरिएको प्रष्ट पार्नुभयो । महाअभियोग ढिलो गरी दर्ता भएको बताउनु हुँदै ढिलो भएपनि सही निर्णय भएको उहाँको...