नरेन्द्र ढकाल
गोरखा, चैत ६ गते । विश्वव्यापी बनेको कोराना भाइरसको सन्त्रासका गोरखाको ऐतिहासिक गोरखा संग्रहालय बन्द गरिएको छ ।
सरकारले धेरै मानिसको जमघट हुने सांस्कृतिक तथा मनोरञ्जनामत्क स्थलहरु बन्द गर्ने निर्णय गरेपछि संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय मातहतको गोरखा संग्रहायले पनि बन्द गरिएको हो ।
आगामी २०७७ बैशाख १९ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गराइएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । भाइरसको त्रासले केहिदिन अघिदेखि संग्रहालय क्षेत्र अवलोकन गर्ने पर्यटक समेत घट्दै गएका थिए ।
बुधबार सरकारले विद्यालय, क्याम्पस, धार्मिक स्थल, सिनेमा हल, डान्सबार बन्द गराउने र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेपछि बिहीबारबाट संग्रहालय पूर्ण रुपमा बन्द गरिएको उहाँले बताउनुभयो ।