logo
२०८१ मंसिर १४ शुक्रवार



वडा अध्यक्षको शव उठेन तीन दिनदेखि कुर्दै प्रहरी

प्रदेश |


वडा अध्यक्षको शव उठेन तीन दिनदेखि कुर्दै प्रहरी


शिवराज ढुंगाना
मंगलसेन, माघ २३ गते । भैसी गोठमा मृत अवस्थामा भेटिएका पञ्चदेवल विनायक नगरपालिकाका–२ विनायकका वडा अध्यक्षको शव प्रहरीले कुरिरहेको छ । मंगलबार बिहान छिमेकी गाउँमा मृत भेटिएका वडा अध्यक्ष पदमबहादुर धामीको शवको पोष्टमार्टमका लागि उठाउन स्थानीयले अवरोध गरेपछि प्रहरी सोही स्थानमा शव कुर्न बाध्य भएको हो ।
वडा अध्यक्षधामीको शव रहेको गोठ छानावरिपरी प्रहरीले घेरा हालेर सहमतीको समय कुरेर बसिरहेकाछन् । मंगलबार बिहानैबाट प्रहरीले घटनास्थलाई बार लगाएर रात दिनपहरा दिइरहेको अछामका प्रहरी नायबउपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो । दोषि पक्राउ नपरेसम्म मृतकका आफन्त र स्थानीयले घटनास्थलबाट शव पोष्ट मार्टमका लागिउठाउन दिएका छैनन् । “हत्यारा नसमातिएसम्म लाश उठाउन दिने जस्ता देखिदैनन् ।” स्थानीय रमेश रावतले जानकारी दिनुभयो । तर प्रहरी नायब उपरीक्षक दीपक भारती शव पोष्ट मार्टमकालागि आज नै सहमतीको सम्भावना रहेको बताउनुभयो ।
धनगढीबाट तालिमप्राप्त कुकुरसँगै सिआइबी टोलीसहितले घटनास्थलमै रहेर मृत्यु प्रकरणको तीनदिनदेखि अनुसन्धानगरिरहेको छ । सुरक्षाअवस्थालाई विश्लेषण गरेर थप घटना नहोस भनेर बुधबारबाट सशस्त्रप्रहरीको एक टोली समेत विनायक क्षेत्रमा परिचालनगरिएको छ । सोमबार राती मृतकधामीसँगै विनायक बजारमा अन्तिम समयममा साथमै रहेका सातजनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरिरहेको अछाम प्रहरीका सूचनाअधिकारी इनिष्पेक्टर रमेशदत्तअवस्थीले जानकारी दिनुभयो ।
नगरपालिका उपप्रमुख अम्बिका चलाउने, प्रमुखजिल्ला अधिकारी भोजराजश्रेष्ठ, प्रहरी नायब उपरीक्षक दीपक भारती राजनीतिकदल स्थानीय अगुवासंग बुधबार भएको छलफल निष्कर्षमापुग्न सकेन । स्थानीयले वडा अध्यक्षको हत्याभएकोले हत्यारा पक्राउ नहुँदासम्म शव उठाउन नदिने अडान राखेपछि बिहीबार पुनः छलफल हुने भएको छ । स्थानीयले घटनाको तत्काल छानविन गर्न बुधबार विनायकबजारमा नाराबाजीसहित टायर बालेका थिए भने मध्यपहाडी राजमार्ग अवरुद्ध गरेका थिए ।
सोमबार रातीकरिब १० बजेतिर विनायकबजारबाट घर जान हिँडेका भनिएका वडा अध्यक्ष धामीमंगलबार बिहान सोही वडाको गैरी गाउँस्थित भैसी गोठमा मृत फेला परेका थिए । स्थानीय जाल्पेश्वरी प्राविको प्राधानाध्यापक पदबाट राजीनामादिएर धामी नेपालीकाँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएकाथिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?