भेरी अस्पतालमा न्यूरोसेवा पुनः सञ्चालनमा
गोरखापत्र अनलाइन
चैत्र १८, २०७८ शुक्रबार
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा न्यूरोसेवा पुनः सुरु गरिएको छ । न्यूरोसेवा सुरु भएसँगै यस क्षेत्रका खासगरी विपन्न र गरिब विरामीले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउन थालेको बताएका छन् ।