सञ्चारग्राम अनुसन्धान केन्द्रको रुपमा विकास हुन्छ : मन्त्री कार्की
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सहभागी हुनुपर्ने बताउनुभएको छ । विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उदघाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।