सडकपेटीमा फोहोरको थुप्रो, अनुगमन गर्ने निकाय मौन
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
सुनसरी सदरमुकाम इनरुवासहित राजमार्ग क्षेत्रमा फोहोर जथाभावी फ्याक्ने भएकाले दुर्गन्ध बढेको छ । सडकमा नागरिकलाई स्वतन्त्र हिडडुल र स्वक्ष वतारणमा आवतजावत गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित भएपनि राष्ट्रिय राजमार्ग र सहायक तथा हुलाकी मार्गमा उद्योगी, व्यवसायी, व्यक्ती तथा सवारीवालाले जथाभावी फोहोर फ्याक्दा दुर्गन्ध बढेको हो ।