शैक्षिक अवस्था सुधार्न शिक्षक अभिभावकलाई अभिमुखीकरण तालिम
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न तीन दिने अभिमुखिकरण तालिम सुरु गरेको छ । तीन दिने तालिममा पहिलो दिन अभिभावकलाई, दोेस्रो दिन विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुलाई र तेस्रा दिन विधार्थीलाई तालिम दिन लागेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।