पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
रासस
भाद्र २६, २०७६ बिहीबार
युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् ।
ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल भएका...