म्यान्मामा राष्ट्रिय दिवस
गोरखापत्र अनलाइन ,
आश्विन ५, २०७६ आईतवार
म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।
म्यान्माका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्माका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्माका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए ।