राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न म्यान्माका नेपालीलाई आग्रह
गोरखापत्र अनलाइन ,
कार्तिक १, २०७६ शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गर्नुभएको छ । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ लिन शहरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न पनि उनीहरुलाई...