बीसीजी खोपले कोभिड १९ को संक्रमण विस्तार कम गर्न सक्ने संकेत, व्यापक परीक्षण हुँदै
इश्वरचन्द्र झा
चैत्र २५, २०७६ मंगलवार
क्षयरोग विरुद्ध प्रयोग हुने बैसिलस कालमेट्ट–गुइरिन(बीसीजी) खोप अझै विकासशील राष्ट्रहरुमा ब्यापक रुपमा प्रयोग हुँदै आएको छ । वैज्ञानिकहरुले बीसीजी खोप क्षयरोगभन्दा वृहत्तरुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । खोपले शिशु मृत्युदरमा कमी ल्याएको छ । श्वासप्रश्वास सम्बन्धी संक्रमणमा समेत बीसीजी खोप प्रभावकारी देखिएको छ ।