इश्वरचन्द्र झा
काठमाडौं, वैशाख १२ गते । कोभिड–१९ को संक्रमणले विश्वब्यापी रुपमा महामारी निम्तिएको छ । नेपाल सहित दक्षिण एशियाली राष्ट्रमा सामाजिक दूरीले समुदायमा छिमेकी र परिवारिक महत्वलाई अझै बढी परिष्कृत गरेको छ । संक्रमणबाट बच्न अपनाइएको सर्तकता ‘लकडाउन’ले परिवारका सदस्यहरुमा घुलमिल गर्ने र सँगै समय बिताउने वातावरण तयार गरेको छ ।
महामारीका बीच सामाजिक दुरी बनाउन गरिएको सर्तकता एकाङ्की भएर बस्न रुचाउने अमेरिकी र युरोपेली समुदायमा समेत छिमेकी र परिवारका सदस्यहरुबीच घुलमिल हुने अवसर जुराएको छ ।
कोभिड–१९ को संक्रमण प्रकोपको रुप लिइरहँदा अमेरिकी र युरोका नेता तथा नेतृहरुले अभिवादनको पूर्वीय संस्कृति पछ्याए । र विगत्मा अंगालो हाल्ने संस्कृति बिर्सिदै हात जोडेर नमस्कार गर्ने पूर्वीय दर्शनमा आधारित संस्कृति अँगाल्न पुगे । भलै त्यो अल्पकालीन हुन जाओस् । पूर्वी दर्शनमा परिवार, छिमेक, मानवीय भावना र सम्बन्ध विशेष महत्व छ ।
अमेरिकी र युरोेली समुदायमा प्रायजसो घर परिवारका सदस्य एक्लिएर बस्न रुचाउँछ । तर ‘लकडाउन’ले बिगत्का सबै दूरीलाई अन्त्य गरेको छ ।
संक्रमण झाँगिदै जाँदा एक्लिएर बस्न रुचाउने अमेरिकी तथा युरोेली समुदायमाझ परिवारिक सदस्य र समुदायको महत्वलाई थप बल गरेको छ । इटालीमा लकडाउनकै क्रममा घरको कौसीबाट छिमेकीसँग परिचित हुने दृश्यहरु
सञ्चारमाध्यममा राम्रो स्थान पायो
यस्तोमा घरका बुवा–आमा, भाई–बहीनि जस्ता सम्बन्धको डोरीलाई पुर्नजागृत गरी बलियो बनाउने उदाहरणहरु समाचारमा प्रसारण तथा प्रकाशनले निरन्तरता पाएको छ ।
घरको अभिभावक नै कोरोनाभाइरसको संक्रमित भएपछि परिवारजन अलग्गै बस्न बाध्य हुन्छन् । धेरै टाढा बसेकालाई पारिवारको अभिभावकको महत्वले गिजोल्दै छन् । कोभिड–१९ को संक्रमणका बीच एक परिवारले आफ्नो अभिभावक गुमाउनुअघि ३० घण्टासम्म लगातार अभिभावकसँग फोन वार्तालाप गरेका छन् । अबी अदैर रैनहार्डका बुवा (डन अदैर) कोभिड–१९ को संक्रमणको पुष्टिपछि अस्पतालमा भर्ना भए । परिवारका सदस्य र रैनहार्ड स्वयं पनि लकडाउनले अस्पताल पुग्न सकेनन ।
अस्पतालमा कार्यरत एकजना नर्सलाई बुवाको कान नजिक फोन दिन आग्रह गरियो । नर्सले सहजै स्वीकारिन । र रैनहार्डसहित उनका तीनै बहिनिको बुवासँग कुराकानी गर्ने इच्छा पुरा हुने भयो । वार्तालापको क्रममा तीनैजनाले
बुवाको मृत्युअघि लगातार ३० घण्टासम्म कुराकानी गरिन्
“हामीले ठूलै आशिष पायौं, हामीले अपनत्व र सामिप्यताको महत्व बुझ्दै नजिकिने अवसर पायौं ।”–रैनहार्डले सीएनएनसँगको कुराकानीमा विष्मयपूर्ण क्षणलाई एकछिन बिर्सिदै आफ्नो खुशी वर्णन गर्नुभयो । “मैले भन्न हुने कुरा सुनाएँ, उहाँलाई हेर्न सकिन, हात समात्न सकिन, यद्दपी वार्तालापबाट जोडिएको सामीप्यताको मूल्य वर्णन गर्न सकिन्न ।”–रैनहार्डले भन्नुभयो ।
छोराछोरीले डेनमार्कबाट अमेरिकाको टेक्सासस्थित एक अस्पतालमा भर्ना भएका आफ्ना बुवासँग कुराकानी गरे । फोनमै बुवाका लागि गीत गाए, स्नेह दर्शाए । ७६ वर्षीय एदैर कुराकानी गर्न सक्षम हुनुहुन्थ्यो । तर उहाँको श्वास फेराइ फोनमा सहजै सुनिन्थ्यो । कहिले आफ्नो बाल्यकाल सम्झिएर त कहिले बुवाले गितार बजाएको, घरमा दशर्कौं अघि रमाएको प्रसङ्ग कोट्याएर छोराछोरीले अन्तिम समयसम्म बुवासँगै बिताए ।
“बीच बीचमा हामी तपाईका लागि तत्पर भएर तपाई नजिक छौं, यथार्थमै अति स्नेह गर्छौं” –छोराछोरीले बुवालाई ढाड्स दिन्थे । “सँगै बिताएका राम्रा क्षणहरु स्मरण गर्यौं, बुवाले गाउने पिटर, पौल र मैरीको गीत गाएर सुनायौं”– रैनहार्डले फोन वार्तालापका प्रसङ्ग साझा गर्दै रैनहार्डले भन्नुभयो, “ हामीले उहाँको कष्ट देख्न नपाएपनि उहाँको श्वास फेराइले महसुस गर्यौं ।”
अदैर व्यवसायिक वकिल हुनुहुन्थ्यो । सन् १९४३ मा जन्मिनुभएका उहाँले धेरैको ब्यापार सुरुवात गराएर सपना पुरा गर्नुभएको थियो । अदैर रैनहार्ड भने सानो ब्यापार गरेका छन् । लकडाउनले उहाँको ब्यापार बन्द हुँदा तनाब थपेको थियो । तर बुवाको मृत्युको क्षणमा सँगै बस्दा उक्त तनाब पनि कम परेको रैनहार्ड अनुभव सुनाउनुहुन्छ ।
“अब भने सबै मणिभ जस्तै पारदर्शि भएको छ, हामीले गर्ने सबैथोक परिवार र स्नेहका लागि मात्रै हो”–रैनहार्डले बताउनुभयो ।
(सीएएनको समाचारमा आधारित समाचार टिप्पणी)