खाद्य अधिकारको विषयमा छलफल : उत्पादन र वितरणमा सुधार आवश्यक
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
विश्वमा बढ्दो सहरीकरण, महामारी, जलवायु परिवर्तनका साथै जनसंख्याको विस्तार लगायतका कारणले खाद्य अभावको स्थिति देखिन थालेको छ। देश आर्थिक रुपले सक्षम र विकसित भए पनि कतिपय देश कृषिको उत्पादन र उत्पादकत्व भने वृद्धि हुन नसकेकोप्रति सरोकारवालाले चासो राखेका हुन्। जसअन्तर्गत खाद्य अधिकार तथा खाद्य सम्प्रभूतामा नेपालको अवस्था पनि कमजोर रहेको उनीहरुको भनाइ छ। सन् २०२१ को तथ्यांकअनुसार ११६ देशमध्ये भोकमरी सूचकाङ्कमा...