संवैधानिक आयाेगमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ ।
बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।