मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सम्पन्न
गोरखापत्र अनलाइन
चैत्र ७, २०७८ सोमबार
नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण ६० प्रतिशत सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनुवा) सबस्टेसन जोड्ने उक्त प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य छ ।