‘चिसो एस्ट्रे भूपी शेरचनको कविताबाट प्रभावित छ’
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
‘चिसो एस्ट्रे’ एउटा मौलिक कथामा बनेको चलचित्र हो । यो पोस्ट मोर्डन टाइमको ड्रामा हो, जुन हाम्रो चर्चित कवि भूपी शेरचनको कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित छ । चलचित्र कमिङ अफ एज ड्रामामा पर्छ । एउटा गाउँले ठिटो, कसरी सहरिया ठिटो बन्ने चक्करमा एउटा चुरोटको ठुटो बन्छ भन्ने कुरा चलचित्रमा पस्कन खोजिएको कलाकार निकुन श्रेष्ठ बताउनुहुन्छ ।