धान रोप्दै गरेका युवकको चट्याङ लागेर मृत्यु, दुई घाइते
गोरखापत्र अनलाइन
असार १८, २०७७ बिहीबार
सर्लाहीमा बिहीबार बिहान पानीसँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको बाग्मती नगरपालिका १०, नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो । पासवानलाई बाग्मती नगरपालिका-८, दहलमान टोलकी सुनमाया बस्नेतको खेतमा धान रोप्न जाँदा चट्याङ लागेको स्थानीय बासिन्दासमेत रहनुभएका वडा नं. ८ का वडासचिव देवीबहादुर मगरले जानकारी दिनुभयो ।
वडासचिव मगरका अनुसार चट्याङ लागेर अचेत...