दैनिक उपभोग्य वस्तुको अभाव नहुने, विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन सुरु
गोरखापत्र अनलाइन
चैत्र १४, २०७६ शुक्रबार
सल्यानमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएको छ । यहाँका बजारमा एक महिनालाई आवश्यक पर्ने दाल चामल,तेल बजारमा रहेको बताइएको छ । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर चलाउने बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नभएको बताउनुभयो । उहाँका अनुसार बजारमा नौसय क्वीन्टल चामल, ५० क्वीन्टल दाल,५५क्वीन्टल मैदा (पिठो) ६५ क्वीन्टल चिनि र ६ सय गत्था तेल रहेको छ ।