आधा कम मूल्यमा उखु बेच्दै सर्लाहीका किसान
गोरखापत्र अनलाइन
कार्तिक २०, २०७६ बुधबार
चिनी उद्योग तत्काल सञ्चालनमा नआउने छाँट देखेपछि सर्लाहीका किसानले धमाधम उखु काटेर आधा कम मूल्यमा सख्खर (मिठा) उत्पादन गर्ने स्थानीय क्रसर उद्योगलाई बिक्री गर्न थालेका छन् । विशेषगरी जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका किसानले तीन साताअघि देखि स्थानीय क्रसर उद्योगमा उखु दिन सूरु गरेका हुन्