टी ट्वान्टी प्रतियोगिता खेलेका चौथो पूर्व क्रिकेटरमा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
चैत्र १७, २०७७ मंगलवार
भारतीय क्रिकेट टोलीका अलराउन्डर इरफान पठान कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । पछिल्लो एक सातामा सचिन तेन्दुलकर, एस बद्रीनाथ, यूसुफ पठानपछि इरफान कोरोनाबाट सङ्क्रमित हुने चौथो पूर्ब क्रिकेटर हुनुहुन्छ । चारै जना भारतमा गत् साता मात्रै सम्पन्न सडक सुरक्षा टी ट्वान्टी क्रिकेट श्रृखंलामा भारतीय टोलीको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त प्रतियोगितामा श्रीलङ्का, इंग्ल्याण्ड, बङ्गलादेश, न्युजिल्याण्ड र वेष्टइन्डिजका...