नेपाललाई पीएनजीले दियो २९३ रनको चुनौती
गोरखापत्र अनलाइन
चैत्र ११, २०७८ शुक्रबार
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रन बनाएको हो।
नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले पहिलो पटक सर्वाधिक रन बनाएको हो। ब्याटिङमा व्यापक सुधार गर्नुपर्ने दबाबमा रहेको नेपालका लागि यो फराकिलो चुनौती हो ।