आईसीपीमा थप पूर्वाधार निर्माण गरिँदै
गोरखापत्र अनलाइन
पुष ११, २०७८ आइतवार
विराटनगरमा रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन जाँचचौकी परिसरमा १५ करोड रुपियाँ लागतमा नयाँ संरचना निर्माण थालेको हो । भन्सारमा जाँचपास घर, पार्किङ स्थल, गोदाम घरसहितका संरचना निर्माणको काम थालिएको समितिका इन्जिनियर शुभकान्त राउतले जानकारी दिनुभयो । मालवाहक सवारी पार्किङ अभाव हुँदा...