सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा
गोरखापत्र अनलाइन
पुष २, २०७८ शुक्रबार
सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ ।