नवलपुरमा धान खेती : क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
रासस
मंसिर २९, २०७८ बुधबार
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिनुभयो । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८०...