कृषि औजार बनाउने पेसा सङ्कटमा
गोरखापत्र अनलाइन
पुष १, २०७८ बिहीबार
गाउँघरमा प्रयोग हुने घरेलु कृषि औजार उत्पादन गरी जीविकोपार्जन गर्दै आएका विश्वकर्माको पेसा सङ्कटमा परेको छ ।
घरेलु प्रविधिबाट उत्पादन गरिने फलामका यस्ता कृषि औजारहरू सस्तो मूल्यमा बजारमा पाइन थालेपछि विश्वकर्माको पेसा सङ्कटमा परेको हो । कमलामाई नगरपालिका–४ निवासी रामबहादुर कामी घरेलु प्रविधि प्रयोग गरी फलामबाट बनाएका खुकुरी, कँचिया, हँसिया, खुँडा, बञ्चरो, कोदालोलगायतका औजारहरू बजारमा किन्न पाइनेभन्दा महँगो...