दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह
रासस
मंसिर २७, २०७८ सोमबार
अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उहाँले भन्नुभयो “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।”