‘ऊर्जा कूटनीति नै निर्णायक’
गोरखापत्र अनलाइन
मंसिर २७, २०७८ सोमबार
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिकभन्दा ऊर्जा कूटनीति नै निर्णायक हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलिसी इन्क्युभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित ‘नेपालमा विद्युत् व्यापारको सम्भावना र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा अहिलेको अवस्थामा ऊर्जा कूटनीति नै निर्णायक हुने बताउनुभएको हो ।