कतै क्रसिङको तयारी, कतै उखुकै अभाव
गोरखापत्र अनलाइन
मंसिर २७, २०७८ सोमबार
सुनसरी, मोरङ र झापामा लगाइएको उखु काट्ने बेला भएको छ । यी जिल्लामा दुई हजार ४०५ किसान परिवारले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु काट्ने बेला भएको हो ।
किसानको खेतमा उखु पाकेसँगै पूर्वकै एक मात्रै उद्योग इस्टर्न सुगर मिल्स प्रालिले आगामी पुस १५ गतेदेखि मिल चलाउने तयारी गरेको छ । सुनसरी बर्जु गाउँपालिका–५, अमाहीमा रहेको इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले उखु प्रशोधनका लागि मिल मेसिनरी मर्मत...