झापामा कुरिलो खेतीप्रति किसान उत्साहित, आत्मनिर्भर बनाउने प्रयास
गोरखापत्र अनलाइन
मंसिर २९, २०७८ बुधबार
झापाको दमकलाई कुरिलोमा आत्मनिर्भर बनाउन र उत्पादन बढाउनका लागि दमक नगरपालिकाले ‘कुरिलो खेती प्रोत्साहन’ कार्यक्रम अघि बढाएको बताइएको छ ।
दमकमा एक दर्जनभन्दा बढी किसान तथा ब्यवसायिक फर्महरुले ब्यावसायिक रुपमा नै कुरिलो उत्पादन गर्न शुरु गरेको र यसलाई विस्तार गर्न नगरपालिकाले सम्भाब्यता अध्ययन शुरु गरेको जनाईएको छ ।