महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ
रासस
मंसिर २५, २०७८ शनिबार
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौंमा काँग्रेसको महाधिवेश सुरु भएको छ ।
काँग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका...