कर्णालीका सात जिल्ला खाद्य असुरक्षित
गोरखापत्र अनलाइन
मंसिर २२, २०७८ बुधबार
कर्णाली प्रदेशका सात जिल्ला खाद्य असुरक्षित रहेको पाइएको छ । कर्णाली प्रदेशका दस जिल्लामध्ये डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र दैलेख खाद्यमा असुरक्षित देखिएका हुन् । आफ्नो उत्पादन अपुग हुनेको घरधुरीको सङ्ख्या कर्णाली प्रदेशभर ७७ दशमलव २८ प्रतिशत रहेको र वर्षभरि खान पुग्नेको सङ्ख्या ३८ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको छ ।