हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने मर्कामा
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।