सम्पन्न हुँदै ब्रोडब्यान्ड परियोजना
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पु-याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँच अर्ब ६७ करोड रुपियाँ लगानीमा देशभरका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी उक्त परियोजना अगाडि बढाएको थियो ।