राजस्व दोब्बर बनाउने लक्ष्य
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
अर्थमन्त्री जनार्दन शर्माले तोकिएभन्दा राजस्व सङ्कलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि सोमबार उहाँले यस्तो बताउनुभएको हो । “तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ । ”