सेजमा मदिरा र सुर्तीजन्य उद्योग खोल्न नपाइने
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७८ मंगलवार
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीको पहिलो संशोधन २०७८ मा यस्तो व्यवस्था गरिएको हो ।
संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न पाइने छैन । त्यस्तै ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि सेजमा निषेध गरिएको छ ।
विस्फोटक...