पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढ्यो
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।