‘चिनीको मौज्दात पर्याप्त’ मलका लागि तीन अर्ब थप
गोरखापत्र अनलाइन
आश्विन ५, २०७८ मंगलवार
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बजारमा चिनीको मौज्दात पर्याप्त भएकाले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले बजारमा तीन महिनालाई पुग्ने चिनी भएकाले चिनी महँगो हुने वा नपाइने भन्ने हल्लाको पछि लागेर नआत्तिन आग्रह गर्नुभयो ।