कर्जा बढ्दै, निक्षेप घट्दै
गोरखापत्र अनलाइन
भाद्र २०, २०७८ आईतवार
कर्जा प्रवाह बढाउँदै गएका ‘ख’ वर्गका विकास बैङ्कहरूको निक्षेप सङ्कलन घटेको छ । पछिल्लो एक साताको अवधिमा चार खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपियाँ कर्जा परिचालन गरेका विकास बैङ्कहरूको सोही अवधिमा निक्षेप सङ्कलन भने दुई अर्ब २३ करोड ६० लाख रुपियाँले घटेको छ ।