नरैनापुर औद्योगिक ग्रामको डीपीआर तयार
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
नरैनापुर–४, खोदवामा करिब ४७ करोडको लागतमा ३७ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्न एरिकम इन्जिनियरिङ सर्भिस ललितपुरले डीपीआर तयार पारेर बुझाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै...